काठमाडौं : मंगलवार काठमाडौंमा कोरोना संक्रमित भेटिएकी महिला कंचनपुरको महेन्द्रनगरबाट आएको खुलेको छ।
३३ वर्षीय महिला सोमवारमात्रै महेन्द्रनगरबाट काठमाडौं आएकी थिइन्। त्यसपछि उनी स्वास्थ्य परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकु पुगेकी थिइन्। त्यसपछि उनी चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा रहेको आफ्नो घरमा पुगेकी थिइन्।
महेन्द्रनगरबाट उनीसँगै उनका एक छोरा र छोरीसँगै काठमाडौं आएको धनगढीको दिनेशखबरले जनाएको छ। साथै, उनले भेटेका मानिसहरुलाई ट्रेसिङ गर्ने क्रम त्यहाँ सुरु भइसकेको छ। संक्रमित महिलाका श्रीमान् सशस्त्र प्रहरी भएको खुलेको छ।
'प्रहरी कर्मचारी बुद्धिमान हुनुहुँदो रहेछ। आफैँले अस्पताल लगेर परीक्षण गराउनु भएछ,' प्रहरी स्रोतले भन्यो।
मंगलवारमात्रै उनको रिपोर्टमा पोजेटिभ देखिएको हो।
'उहाँ महेन्द्रनगरबाट आउनु भएको देखियो। प्राइभेट गाडी प्रयोग गर्नु भएको रहेछ,' चन्द्रगिरि नगरपालिकाका मेयर धनश्याम गिरीले भने।
हिजोमात्रै सशस्त्र प्रहरीका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो।