PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

चालक र गाडी संक्रमित भएको आशंकामा अस्पताल नै सिल

चालक र गाडी संक्रमित भएको आशंकामा अस्पताल नै सिल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : मंगलवार उपत्यकाभित्र कोरोना संक्रमण देखिएकी महिला अस्पतालमा कार्यरत भएको खुलेपछि उनी कार्यरत अस्पताल पूर्णरुपमा सिल गरिएको छ।

ललितपुरस्थित आरोग्य फाउन्डेसनले संचालन गरेको निदान अस्पताल सिल गरिएको हो। संक्रमित युवती त्यही अस्पतालमा कार्यरत थिइन्। उनी २९ गते सुनसरीबाट फर्किएकी हुन्।

उनको परीक्षण गर्न अस्पतालको गाडी प्रयोग भएको थियो भने त्यहीकै चालक लिन पुगेका थिए।

'अस्पतालको गाडी र चालक प्रयोग भएको देखिएपछि सिल गरेका हौं,' महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले भने।

सुनसरी घर भएकी २५ वर्षीय उनी सवारी पास लिएर सुनसरीको झुम्काबाट भक्तपुर आइपुगेकी थिइन।

उनीसँगै बस्दै आएकी अर्की साथी पनि अस्पतालमा कार्यरत हुन्। उनको भने पीसीआर परीक्षणको रिपोर्ट आइसकेको छैन। त्यस्तै, उनी बस्दै आएको भक्तपुरको मध्यपुर ठिमीको घर पनि पूर्णरुपमा सिल गरेर प्रहरीले कन्ट्याक ट्रेसिङ गरिरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell