PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सांसद, नेता र मन्त्रीहरुले नै कोरोना सार्ने काम गरे: सांसद बिडारी



पहिलोपोस्ट

सांसद, नेता र मन्त्रीहरुले नै कोरोना सार्ने काम गरे: सांसद बिडारी

काठमाडौं : राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले नेता, सांसद र मन्त्रीले कोरोना भाइरस सारिरहेको आरोप लगाएका छन्। बुधबारको राष्ट्रिय सभा बैठकमा उनले राहत वितरण गर्न गाउँगाउँमा मान्छे जम्मा पार्ने परिपाटीले कोरोना भाइरस सरेको तर्क गरे।

सांसद मन्त्री र नेताहरुले जनता जम्मा पारेर राहत वितरण गर्दा कोरोना सरेको उनको भनाइ छ। 'नेता हुँ भनेर, टाइ सुट लाएर, जनता जम्मा पारेर राहत वितरण गर्ने? कोरोना सार्ने काम सांसदले गरे, नेताले गरे, मन्त्रीले गरे,' उनले भने। 

राहत स्थानीय सरकारको समन्वयनमा सीमित सम्बन्धित व्यक्तिहरुले बाड्नु पर्ने उनको धारणा छ।

त्यस्तै उनले नेपाल भारतको सीमानामा तार जाली लगाउनपर्ने प्रस्ताव समेत गरेका छन्। सीमा छेक्नका लागि जनतासँग आवश्यक सहयोग लिने तर्क गरेका हुन्। 'सिमानामा लगाइने तारमा राति राति करेण्ट छाड्नुपर्छ', उनले भने।

उनले हाल कोरोना भाइरसका कारण देखिएका समस्याहरु समाधानका लागि ऐनको आवश्यक भएको बताएका छन्। उनले राहत वितरणदेखि कोरोनाका कारण प्रयोगमा आएका नयाँ शब्दावलीको परिभाषा गर्ने ऐन चाहिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell