PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

नारायणकाजीले सरकारलाई भने : मलाई सुरक्षाका लागि दिएका प्रहरी फिर्ता लैजाउ



पहिलोपोस्ट

नारायणकाजीले सरकारलाई भने : मलाई सुरक्षाका लागि दिएका प्रहरी फिर्ता लैजाउ

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान अनुरोध गरेका छन्।

श्रेष्ठले बुधवार ट्वीटरमा राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध गरेका छन्। नयाँ पत्रिकाले सुरक्षाकर्मी अभाव भइरहँदा सशस्त्र प्रहरी नेताको अगुवा पछुवा भन्ने समाचार प्रकाशित गरेको थियो।

श्रेष्ठले आफ्नोभन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हुने भन्दै पछुवा फिर्ता लैजान आग्रह गरेका हुन्।

उनी लेख्छन्, 'म पछुवा नियमित प्रयोग गर्दिन। मैले आफूलाई सुरक्षा खतरा महसुस गरेको छैन। राज्य संयन्त्रले त्यस्तो आँकलन गरेको छ भने पनि मेरोभन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हुन्छ। त्यसैले राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ।'

उनले यसबाट राज्यलाई अप्ठेरो परेको भए क्षमायाचना पनि गरेका छन्। उनले पहिले आफूले सुरक्षाकर्मी नलिएको र गत चुनाव अघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले पछुवा राखेको पनि उल्लेख गरेका छन्। श्रेष्ठले १२ सुरक्षाकर्मी लिँदै आएका छन्।

'मैले पूर्वगृह मन्त्रीले लिनेगरेको गाडी र तेल सुविधा शुरुदेखि नै लिइन। सशस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ। तर गत चुनावअघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो,’ उनले प्रष्ट पारेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell