
काठमाडौः थप एक जनामा कोरोना संक्रमण देखिएको छ।
बाँके जिल्लामा थप एकजनामा कोरोना पोजेटीभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगंजका ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। धुलिखेल अस्पतालमा स्वाब परीक्षण गर्दा उनमा कोभिड १९ पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन्। यससँगै नेपालमा संक्रमितको सङख्या २ सय १८ पुगेको छ।