PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक



पहिलोपोस्ट

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४:३० बजे सर्वदलीय बैठक बोलाएका छन्।

भारतले लिपुलेक–कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्।

बालुवाटारमा हुने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल, पूर्वप्रधानमन्त्री, सीमाविदलाई बोलाइएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए।

नेपालका तर्फबाट एकीकृत धारणा बनाउनका लागि बोलाइएको सर्वदलीय बैठक बोलाइएको हो। भारतले नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जान सडक गत शुक्रवार उद्घाटन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell