PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

स्पेनमा ११३ वर्षीया वृद्धाले जितिन् कोरोना भाइरसविरुद्धको लडाई



पहिलोपोस्ट

स्पेनमा ११३ वर्षीया वृद्धाले जितिन् कोरोना भाइरसविरुद्धको लडाई
Solarpix

स्पेनकी सबैभन्दा वृद्ध महिलाले कोरोना भाइरसविरुद्धको लडाइ जितेकी छिन्। त्यहाँकी १ सय १३ वर्षीया मारीया ब्रायास उपचारपछि कोरोना भाइरस मुक्त भएकी हुन्।

उनलाई गत मार्चमा कोभिड-१९ पुष्टि भएको थियो। त्यस समय स्पेनमा भर्खरै लकडाउन जारी गरिएको थियो।

केही साताको आइसोलेसन बसाइ र उपचार पछि ठीक भएकी हुन्। उनले यस अघि सन् १९१८/१९ मा फैलिएको फ्लू महामारी समेत भोगेकी थिइन्। उनकी छोरीले ट्वीटरमा लेखेकी छिन्,'उहाँ अहिले ठीक हुनु भयो। उहाँ बोल्न चाहनुहुन्छ। आफ्नो कुरा सुनाउन चाहनुहुन्छ।'

सन् १९०७ मा मेक्सिकोमा जन्मिएकी उनले केही समय सान फ्रान्सिस्कोमा बिताइन्। उनका पीता स्पेनका पत्रकार थिए। पछि उनीहरु बुवासँगै बसाइ सरे। बीबीसीमा जनाए अनुसार मारीयाका ३ सन्तान छन्। उनीमध्य एक ८६ वर्षका छन्, ११ नाती नातिनासहित। नाती पुर्खामा सबैभन्दा पाको ६० वर्षका छन्। मारीयाका १३ पनाती पनातिनीहरु छन्।

दुई दशक यता भने उनी ओलटस्थित एक केयर होममा बसिरहेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell