PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

संसदमा कवितापछि कथा वाचन: चराको गुड, आगो/पानी र कोरोनाको कुरा



पहिलोपोस्ट

संसदमा कवितापछि कथा वाचन: चराको गुड, आगो/पानी र कोरोनाको कुरा

काठमाडौं: प्रतिनिधि सभाकी सांसद मनकुमारी जिसीले संसद बैठकमा कथा वाचन गरेकी छन्। विनियोजन विधेयकको छलफलमा भाग लिँदै सांसद जिसीले संसदमा कथा सुनाएकी हुन्।

यसअघि सांसद गगनकुमार थापा र नवराज सिलवालले बजेट अधिवेशनमा कविता वाचन गरेका थिए।

उनको कथा थियो: एउटा जंगलमा आगो लाग्छ, एउटा चराले गुड बनाएर बसेको हुन्छ। बचेराहरुलाई छोडेर उ जान सक्दैन। जब आगो दन्किँदै जान्छ। उसले एउटा आशा गर्छ मेरो चुच्चोले पानी ल्याउँदै गुडको वरिपरि भिजाउन सक्यो भने सायद आगोले भेटाउन सक्ने छैन। उसले पानी ल्याउँदै त्यहीँ भिजाउँदै जान्छ। सुरुमा त सबै चराले गाली गरेका हुन्छन् तर पछि उनीहरु खुसी हुन्छन्। पछि गुड पनि जोगिन्छ, बचेरा पनि बाँच्छन्।

सांसद जिसीले कोरोना र सीमाना अतिक्रमणविरुद्ध सरकार र नागरिक माथिको कथामा जस्तै आशावादी भएर लाग्नुपर्ने बताइन्। कोरोनाले नागरिकमा पारेको असरलाई सरकारले ध्यान दिँदै त्यतातिर लाग्न पनि उनले सुझाएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell