PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

कोरोना संक्रमणसँगै एउटा खुट्टा काट्न बाध्य अभिनेता निक कार्डेरो कोमाबाट बाहिरिए



पहिलोपोस्ट

कोरोना संक्रमणसँगै एउटा खुट्टा काट्न बाध्य अभिनेता निक कार्डेरो कोमाबाट बाहिरिए

क्यानेडियन अभिनेता निक कार्डेरो कोमाबाट बाहिर निस्किएका छन्। उनमा कोरोना भाइरस संक्रमण पुष्टि भए लगत्तै दायाँ खुट्टा काट्नु परेको थियो। कार्डेरोको मार्चको अन्तिम सातादेखि उपचाररत् थिए।

हाल उनको स्वास्थ्यमा सुधार आएको र कोमाबाट निस्किएको उनकी श्रीमती अमान्डा क्लुट्सले पुष्टि गरेकी हुन्। भनेकी छिन्,'उसले स-साना निर्देशनहरुको पालना गर्न थालेको छ।'

लस एन्जलसको सेडर्स सिनाए मेडिकल सेन्टरमा भर्ना भएदेखि नै उनको दायाँ खुट्टमा समस्या देखिँदै आएको थियो। खुट्टामा रगत जम्मा भएर उनका औंलामा रगत प्रवाह हुन पाएको थिएन। रगत प्रवाह रोकिँदा उनको रक्तचापमा समस्या उत्पन्न हुनुको साथै आन्द्राभित्र समेत रगत प्रवाह भएको थियो। उनलाई दिइएको औषधीले थप समस्या उत्पन्न गरेपछि उनको खुट्टा काटिएको बताइएको छ।

उनको स्वास्थ्यस्थिति बारे श्रीमती क्लुट्सले लगातार जानकारी दिइरहेकी छिन्। मंगलबार क्लुट्सले नै इन्‍स्टाग्राममार्फत् श्रीमान ठीक भइरहेको बताएकी थिइन्। लेखेकी छिन्,'उनी एकदम कमजोर छन् तर उनको मानसिक स्थिति ठीक हुँदै गएको छ।' 

 

निक 'बुलेट्स ओभर ब्रोडवे म्युजिकल'का लागि टोनी अवार्डमा मनोनित कलकाकार हुन्।

उनलाई सुरुमा निमोनीया भएको थियो। उपचारका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भयो र लगत्तै स्ट्रोक्स भएको थियो। जसका कारण रगत प्रवाहमा समस्या देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell