PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

बाहुबलीका भल्लालदेवको लकडाउन लभस्टोरी, भन्छन् : 'उनले स्वीकार गरिन्'



पहिलोपोस्ट

बाहुबलीका भल्लालदेवको लकडाउन  लभस्टोरी, भन्छन् : 'उनले स्वीकार गरिन्'

चर्चित बलिउड फिल्म 'बाहुबली'का खलपात्र भल्लालदेवको भूमिका निभाएका राणा दग्गुबातीले इन्स्टाग्राममार्फत् एउटा खुशीको खबर साटे। जारी लकडाउनबीच उनले आफ्नी प्रेमिकासँगको तस्विर सार्वजनिक गरेका हुन्। लेखेका छन् - 'र, उनले स्वीकार गरिन्।'

मंगलबार बेलुकी इन्स्टाग्राममा प्रेमिका मिहिका बजाजसँगको तस्बिर शेयर गरेका हुन्। यी दुई लामो समययता सेक्रेट रिलेसनसिपमा रहेका थिए।

उनीहरुलाई एकसाथ रहेको तस्बिर पहिलोपटक सेयर गरेका हुन्। उनीहरुको तत्कालै विवाह गर्ने योजना नभए पनि 'भर्चुअल्ली इङ्गेज्ड' भएको बताइएको छ। 

 
 
 

 

 
 
 
 
 
 
 
 
 
 
 

And she said Yes :) ❤️#MiheekaBajaj

A post shared by Rana Daggubati (@ranadaggubati) on

को हुन मिहिका बजाज?

दग्गुबातीकी प्रेमिका बजाज हैदराबादको एक इन्टेरियर डिजाइनर हुन्। साथै उनी एक इभेन्ट म्यानेजमेन्ट कम्पनी पनि चलाउँछिन्। एक्ट्रेस सोनम कपुर र बजाज राम्रा साथी भएको बताइन्छ। बजाज सोनामको विवाहमा समेत गएकी थिइन् र उनीसँगको तस्बिरहरु शेयर गरिरहेकी हुन्छिन्।

राणाले यो तस्विर पोस्ट गरेसँगै उनका समर्थकहरुले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिइरहेका छन्। सोनाम कपुरले पनि यी दुईको तस्विर सेयर गर्दै बधाई दिएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell