PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले बढायो पीसीआर, २४ घण्टामा २ हजार बढीको परीक्षण



पहिलोपोस्ट

कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले बढायो पीसीआर, २४ घण्टामा २ हजार बढीको परीक्षण

काठमाडौं : सरकारले कोरोना भाइरसका संक्रमितको संख्या बढेसँगै पीसीआर परीक्षण पनि बढाएको छ। पछिल्लो २४ घण्टाभित्र २ हजार ३ सय ५७ को परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। केही दिन अघिसम्म पीसीआर परीक्षण न्यून थियो।

मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा प्रवक्ता विकास देवकोटाले अहिलेसम्म २१ हजार १ सय २१ को पीसीआर परीक्षण भएको बताएका छन्। पीसीआरको परीक्षण बढ्दा आरडीटी परीक्षण भने घटको छ। बितेको २४ घण्टामा ६ सय ९२ को मात्रै आरडीटी गरिएको छ।

यसअघि आरडीटीबाट धेरै परीक्षण भइरहेकोमा बुधवार आरडीटीको कम र पीसीआरको बढी परीक्षण गरिएको हो। २४ घण्टामा आरडीटी र पीसीआर गरी ३ हजार ४९ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ।

प्रवक्ता देवकोटाले १४ हजार ३ सय १३ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए। देशभर २ सय ४५ आइसोलेसनमा छन् भने काठमाडौं उपत्यकामा मात्रै ६ जना आइसोलेसनमा छन्।

त्यस्तै, स्वमूल्यांकनका लागि ३५ हजार ७ सय २३ जनाले मन्त्रालयमा आवेदन दिएका छन्। बुधवार बुटवल र चितवनका एकरएक जना निको भएर डिस्चार्ज भएका छन्। हालसम्म जम्मा ३५ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।

बुधवार नै बाँकेका ३६ वर्षीय पुरुष र कपिलवस्तुका अर्का एक जना पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय १९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell