PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

सिंगापुरमा क्वारेन्टाइनमा बस्न नमान्ने अमेरिकी पाइलटलाई जेल सजायँ



पहिलोपोस्ट

सिंगापुरमा क्वारेन्टाइनमा बस्न नमान्ने अमेरिकी पाइलटलाई जेल सजायँ

सिंगापुरमा एक अमेरिकी पाइलटलाई क्वारेन्टाइनको नियम तोडेको भन्दै चार हप्ताका लागि जेल सजाय सुनाइएको छ।

पार्सल र कुरियर कम्पनी फेडेक्सको विमान लिएर ४४ वर्षीय पाइलट ब्रायन डुगन इलेगन अप्रिलमा अस्ट्रेलियाबाट सिंगापुर आएका थिए।

इलेगनलाई विमानस्थलभित्रै होटलमा क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको थियो। तर, उनी उल्लंघन गर्दै रेलबाट शहरका कही मुख्य क्षेत्रका केही पसलहरुमा गएपछि जेल सजायँ गरिएको बीबीसीले जनाएको छ।

सिंगापुरमा संक्रमितको संख्या २५ हजार पुगेको छ। दक्षिण पूर्वी एसियामा यो सबैभन्दा धेरै हो। यहाँ संक्रमणबाट २१ जनाको मृत्यु भएको छ। सिंगापुरमा ३ लाखभन्दा बढी संक्रमित विदेशी कामदार छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell