PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

मध्यपुरथिमि जोड्ने मुख्य दुई बाहेक सबै सडक बन्द, अपरिचितलाई बस्न दिए घरधनीलाई कारबाही

मध्यपुरथिमि जोड्ने मुख्य दुई बाहेक सबै सडक बन्द, अपरिचितलाई बस्न दिए घरधनीलाई कारबाही

अमित मचामसी/पहिलोपोस्ट


दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि मध्यपुरथिमि नगरपालिका जाने सडक बन्द गरिएको छ। मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गरिएको हो।

अरनिको राजमार्ग खण्ड र पेप्सिकोला सानोठिमी हुँदै भक्तपुर जाने सडकबाहेक नगरपालिकाभित्रका अन्य सम्पूर्ण सडक बन्द गरिएको हो।

यसैबीच, नगरपालिकालको बुधवार आकस्मिकरुपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई कडाइ गर्नुका साथै सडक, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो। मध्यपुरथिमि नगरपालिकाले नगरभित्रका नागरिकलाई जिल्ला बाहिरबाट आएका कोही पनि व्यक्तिलाई बस्न नदिन निर्देशन समेत जारी गरेको छ।

कोरोना परीक्षण नगरी बसेका व्यक्तिमा पछि कोरोना भएको पुष्टि भएमा घरधनीलाई नगरपालिकाले कारबाही गर्ने भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell