PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

स्थायी कमिटी स्थगित गरेपछि रावलले भने: 'के निहुँ पाउँ कनिका बुकाउँ भन्ने उखान बालुवाटारका लागि रहेछ'



पहिलोपोस्ट

स्थायी कमिटी स्थगित गरेपछि रावलले भने: 'के निहुँ पाउँ कनिका बुकाउँ भन्ने उखान बालुवाटारका लागि रहेछ'

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले कोरोनाका कारण देखाएर बैठक स्थगन गर्नु षड्यन्त्र मात्रै भएको आरोप लगाएका छन्।

बुधबारका लागि तोकिएको बैठक स्थगन हुनु षडयन्त्रकारी र गैरजिम्मेवार राजनीतिको मुद्दा स्वरुप भएको रावलको टिप्पणी छ।

उनले ट्वीट गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले विष्णु रिमालले नै गलत हल्ला फैलाएको आरोप लगाएका छन्। 'के निहुँ पाउँ कनिका बुकाउँ भन्ने उखान बालुवाटारका लागि रहेछ। प्रमका सल्लाहकार विष्णु रिमालजीले स्थायी कमिटीको बैठक स्थगित हुनुको एउटा कारण म कहाँ खटाइएका एक प्रहरीमा कोरोना संक्रमण भएको भनी उज्यालो नेटवर्क रेडियोलाई भन्नुभएछ,' उनले ट्वीटरमा लेखेका छन्,'यस्तै मति र बुद्धिले समस्या बढेका छन्।'

यस्तै उनले एक तिहाई सदस्यले बैठक माग गरेको १५ दिनमा स्थायी कमिटी बोलाउनुपर्ने भए पनि प्रधानमन्त्रीले २१ दिनसम्म पनि नबोलाएको भन्दै आक्रोश ब्यक्त गरेका छन्। प्रधानमन्त्री नै बैठक बोलाउन इच्छुक नरहेको रावलको आरोप छ। रावलले बालुवाटारमा केही दिनअघि ओलीले आफ्ना निकटका नेता र सांसदलाई भेला गराउँदा पीसीआर परीक्षण नगरिएको पनि दावी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell