काठमाडौं : कालापानीभन्दा १० किलोमिटर पूर्वमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको छ। दार्चुलाको ब्यास गाउँपालिका १ छाङरुमा स्थापना भएको बीओपी बुधवारबाट सञ्चालनमा आएको हो।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा र दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलसहितको टोलीले बीओपीको उद्घाटन गरेका हुन्। नेपाली सेनाको हेलिकप्टरमार्फत बीओपीमा आवश्यक पर्ने सामान दार्चुला लगिएको थियो।
फोटोहरु : सशस्त्र प्रहरी बल।