PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

रुपन्देही, कपिलवस्तु र पर्सामा थपिए कोरोना संक्रमितः २४ जना एकैपटक थपिए, कूल २४३ मा संक्रमण



पहिलोपोस्ट

रुपन्देही, कपिलवस्तु र पर्सामा थपिए कोरोना संक्रमितः २४ जना एकैपटक थपिए, कूल २४३ मा संक्रमण

काठमाडौँः नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ४३ पुगेको छ। स्वास्थ्य मन्त्रालयद्वारा जारी पछिल्लो विज्ञप्ति अनुसार आज थप २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो। 

रुपन्देहीमा १२ जनामा संक्रमण देखिएको छ। जसमा ९ जना पुरुष र ३ जना महिला छन्। कपिलवस्तुमा थप ८ जना पुरुषमा संक्रमण देखिँदा पर्सामा दुई पुरुष र एक महिलामा संक्रमण देखिएको छ।

नवलपरासीमा समेत एकजनामा संक्रमण देखिएको छ।  

बुधबार दिउँसो  कपिलवस्त र बाँकेमा एक/एक जनामा कोरोना संक्रमण देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell