काठमाडौं : आज बिहानै कोरोनाका थप दुई केस देखिएका छन्। दुईमध्ये एक काठमाडौंमा देखिएको हो। स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीका अनुसार काठमाडौंको चन्द्रागिरि नगरपालिका र कपिलवस्तुका गरी दुई जनामा संक्रमण देखिएको हो।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ पुगेको छ। चन्द्रागिरि नगरपालिकाका ३२ वर्षीय पुरुष र कपिलवस्तुमा ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको हो। काठमाडौंमा यसअघि चन्द्रागिरि नगरपालिकामा नै एक जना र भक्तपुरमा दुई जनामा संक्रमण पुष्टि भएको थियो।