PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

अबको तीन दिनभित्रै चीनमाभन्दा बढी भारतमा संक्रमित



पहिलोपोस्ट

अबको तीन दिनभित्रै चीनमाभन्दा बढी भारतमा संक्रमित

कोरोना संक्रमितको संख्या विश्वभर ४३ लाख ४५ हजार ६ सय ४६ पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार झन्डै एक तिहाई संक्रमित संयुक्त राज्य अमेरिकामा मात्रै छन्। अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १३ लाख ९० हजार ३ सय ६१ छ। संक्रमण कम देखिएको रसियामा एकाएक यसको फैलावट देखिएको छ। संक्रमित संख्यामा दोस्रो स्थानमा आइपुगेको रसियामा २ लाख ४२ हजार २ सय ७१ जना संक्रमित छन्।

तेस्रो स्थानमा रहेको बेलायतमा २ लाख ३० हजार ९ सय ८६ जना संक्रमित छन्। स्पेनमा संक्रमितको संख्या २ लाख २८ हजार ६ सय ९१ पुगेको छ भने स्पेनमा २ लाख २२ हजार १ सय ४ जना संक्रमित छन्। ब्राजिलमा १ लाख ८९ हजार १ सय ५७ जना संक्रमित भएका छन्। फ्रान्समा यो संख्या १ लाख ७८ हजार १ सय ८४ रहेको छ।

जर्मनीमा १ लाख ७४ हजार ९८ जना संक्रमित रहेका छन् भने टर्कीमा यो संख्या १ लाख ४३ हजार १ सय १४ रहेको छ। त्यसपछि इरानमा १ लाख १२ हजार ७ सय २५ संक्रमित छन्।

कोरोनाको संक्रमण सुरुवात भएको मुलुक चीनमा संक्रमितको संख्या ८४ हजार २४ छ जसलाई पछ्याउँदै गरेको छ भारतले। अबका तीन दिनभित्र चीनमा भन्दा धेरै भारतमा संक्रमित हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell