PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

प्रदेश २ बाट वाग्मती प्रदेश आउनेलाई रोक्न निर्देशन



रासस

प्रदेश २ बाट वाग्मती प्रदेश आउनेलाई रोक्न निर्देशन

हेटौडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं २ बाट वाग्मती प्रदेश प्रवेश गर्ने प्रमुख नाका हेटौँडाको चुरियामाईमा कडाइ गर्न निर्देशन दिएका छन्।

चुरियामाई नाकाको बुधवार अनुगमन गर्दै उनले कोरोना सङ्क्रमणबाट बच्न बाह्य आवागमन रोक्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री पौडेलले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेका प्रदेश नं २ को बारा, पर्सा, रौतहटलगायत जिल्ला र भारतबाट समेत यस नाका हुँदै वाग्मती प्रदेश प्रवेश गर्ने व्यक्तिलाई रोक्नुपर्ने उल्लेख गर्दै सङ्क्रमित क्षेत्रका व्यक्तिमार्फत कोरोना सङ्क्रमण फैलन सक्ने हुँदा आवतजावतमा कडाइ गर्न निर्देशन दिएका हुन्। पौडेलले कोरोनाको जोखिमबाट बच्नका लागि बन्दाबन्दीलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सबैमा आग्रह पनि गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell