PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

कोरोना भाइरस प्रभाव : अस्ट्रेलियामा ६ लाख मानिस बेरोजगार



पहिलोपोस्ट

कोरोना भाइरस प्रभाव : अस्ट्रेलियामा ६ लाख मानिस बेरोजगार
EPA

कोरोना भाइरस संक्रमण र जारी लकडाउनका कारण अस्ट्रेलियामा मात्र ६ लाख मानिसले रोजगार गुमाएका छन्। अप्रिल महिनामा मात्रै त्यहाँको बेरोजगारी दर ५.२ प्रतिशतबाट ६.२ प्रतिशत पुगेको छ।

यस दर अर्थशास्त्रीहरुले अनुमान गरेभन्दा चाहिं कम हो। महामारी फैलिएसँगै त्यहाँ ८.३ प्रतिशत मानिस रोजगारविहीन हुने अनुमान गरिएको थियो।

विश्लेषकहरुले बेरोजगारी दर वृद्धीका कारण अर्थव्यवस्थामा पर्ने असर बारे भन्न नसक्ने बताएका छन्। किनकि त्यहाँको सरकारको कल्याणकारी कार्यक्रमका कारण हालत नियन्त्रण बाहिर पुगेको छैन। ६० लाख अस्ट्रेलियाली नागरिकलाई सरकारले सब्सिडी दिएको छ। १० लाख अस्ट्रेलियालीले  बेरोजगारी भत्ताको लागि आवेदन दिएका छन्।

अस्ट्रेलियाका प्रधानमन्त्री स्टक मरिसनले यी दिनहरु निकै मुश्किल भएको बताएका छन्। 'यो हैरान बनाउने स्थिति हो तर अप्रत्याशित होइन। तर जारी लकडाउनका कारण अवस्था नियन्त्रणमा आउने आशा छ', उनले भने।

त्यहाँको सरकारले जुन महिनासम्ममा १० प्रतिशत मानिस बेरोगार हुने अनुमान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell