PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

स्वास्थ्य मन्त्रालयको गम्भीर लापर्वाही : संक्रमित संख्या घट्यो, जनता भए भ्रमित



पहिलोपोस्ट

स्वास्थ्य मन्त्रालयको गम्भीर लापर्वाही : संक्रमित संख्या घट्यो, जनता भए भ्रमित

काठमाडौं : सूचना प्रवाहमा स्वास्थ्य मन्त्रालयले गम्भीर त्रुटि गरेको छ। कोरोना संक्रमणजस्तो संवेदनशील विषयको सूचना प्रवाहमा गरेको गम्भीर भूलका कारण मानिसहरु भयभीत हुने अवस्था बन्यो।

आज बिहान मन्त्रालयले दुई पटक गरी ७ जनामा संक्रमण भएको जानकारी दियो। सह प्रवक्ताका नाममा सार्वजनिक भएका दुवै वक्तव्यमा संक्रमितबारे जानकारी दिइएको थियो। कोरोनाको कहरमा गोपनीयता अपनाउनुपर्ने भएकाले उमेर लिङ्गबाहेक अन्य सूचनालाई मन्त्रालयले लुकाउने गर्छ, त्यो स्वभाविक पनि हो। तर, यसरी सूचना दिँदा संक्रमितको संख्याभन्दा अधिकमा संक्रमण भएको जानकारी दिएर मिडिया र सर्वासाधारणलाई भ्रमित पारेको छ।

आज बिहान दोस्रोपटक जारी गरेको ५ जना संक्रमित भएको जानकारीसहितको विज्ञप्ति पूर्णत् गलत रहेको मन्त्रालय आफैँले सच्याएको छ। मन्त्रालयले मिडिया र सर्वसाधारणलाई भ्रमित पार्नेगरी सूचना प्रवाह गरेर सच्याउँदासम्म धेरैमा संक्रमणबारे गलत सूचना प्रवाह भइसकेको छ। कोरोना भाइरसको विश्वव्यापी तथ्याङ्क संकलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयले पनि सरकारी तथ्याङ्कका आधारमा आफ्नो डाटा अपडेट गर्‍यो। मन्त्रालयले आफ्नै तथ्याङ्क गलत भनिसके पनि यो समाचार तयार हुँदासम्म विश्वविद्यालयको तथ्याङ्कमा भने २ सय ५० नै संक्रमित देखाइरहेको छ।

सच्याइएको सूचनाअनुसार अब नेपालमा संक्रमितको संख्या २ सय ४५ मात्र हुन आउँछ। यसअघि संक्रमितको संख्या २ सय ५० भएको मन्त्रालयले जनाएको थियो। उसले विज्ञप्तिमात्र होइन, आफ्नो वेबसाइटमा समेत २ सय ५० जना नै संक्रमित भएको सूचना राखेको थियो।

पछिल्लो समय आज बिहान मन्त्रालयले थपेका ५ जना धनुषा, महोत्तरी र सर्लाहीका थिए। यसलाई मन्त्रालय आफैँले गलत भएको जनाएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell