काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पछिल्लो समय भेटिएका ३२ वर्षीय पुरुष सुरक्षाकर्मी भएको खुलेको छ।
बिहीवार बिहान ६:१५ बजे स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा काठमाडौंका चन्द्रागिरिका पुरुषमा कोरोना पोजेटिभ देखिएको खुलेको थियो। बिहान मन्त्रालयले दुई जनामा कोरोना संक्रमण भएको जनाएको थियो।
दुईमध्ये एक सशस्त्र प्रहरी बल बलम्बुमा कार्यरत प्रहरी कर्मचारी भएको चन्द्रागिरि नगरपालिकाका मेयर धनश्याम गिरीले पुष्टि गरेका छन्।
'उहाँ सशस्त्र प्रहरीकै कर्मचारी भएको खुलेको छ। उहाँ अहिले क्याम्पमा हुनुहुन्छ,' उनले भने। बलम्बुमा सशस्त्रको अस्पताल रहेको छ।
त्यस्तै मंगलवार भक्तपुरको दुवाकोटमा पनि एक शसस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको थियो। साथै चन्द्रागिरिमा नै संक्रमण देखिएकी एक महिला पनि सशस्त्र प्रहरीका श्रीमती रहेको खुलेको थियो। उनी महेन्द्रनगरबाट काठमाडौं आएकी थिइन्।