PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आइसोलेसन वार्डबाट भागेर घर पुगेका दुई कोरोना संक्रमित पक्राउ,पुनः अस्पतालकै वार्डमा



पहिलोपोस्ट

आइसोलेसन वार्डबाट भागेर घर पुगेका दुई कोरोना संक्रमित पक्राउ,पुनः अस्पतालकै वार्डमा

वीरगंज : नारायणीबाट भागेका दुई संक्रमित पक्राउ परेका छन्।

बुधवार दिउँसो आइसोलेसन वार्डबाट फरार दुवैलाई पक्राउ गरी अस्पतालमा पुन: भर्ना गरिएको पर्साका एसपी गंगा पन्तले जानकारी दिइन्। एक जनालाई बुधवार साँझ र अर्कालाई राति साढे ९ बजे फरक स्थानबाट पक्राउ गरिएको हो।

दुवै वीरगंज महानगरको नगवा र छपकैयाका स्थानीय पुरुष हुन्। भागेको चार पाँच घण्टापछि एक जनालाई वीरगंजबाट पोखरीया जाने क्रममा तिलावे पुलबाट र अर्कालाई पर्साको हरिहरपुरविर्ता नजिकबाट पक्राउ गरिएको थियो।

फरार दुवै संक्रमित सुरुमा आ–आफ्नो घरमा पुगेका थिए। त्यहाँ घरका सदस्यले प्रवेश गर्न दिएका थिएनन्। फर्कन सुझाव दिएपछि मोबाइल त्यहीँ फालेर अन्यत्र जाने तयारी गरेका थिए। त्यहीबीच उनीहरुलाई पक्राउ गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell