PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

भिडियो कन्फ्रेन्समार्फत् शिक्षकहरुको प्रशिक्षण उद्घाटन गर्दै प्रचण्डले भने : कोरोना महामारीपछि नयाँ शिक्षा प्रणाली



पहिलोपोस्ट

भिडियो कन्फ्रेन्समार्फत् शिक्षकहरुको प्रशिक्षण उद्घाटन गर्दै प्रचण्डले भने : कोरोना महामारीपछि नयाँ शिक्षा प्रणाली
फाइल फोटो

काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना भाइरस पान्डेमिकको सङ्कटले विश्वमा नयाँ शिक्षा प्रणालीको आवश्यकतालाई इङ्गित गरेको बताएका छन्।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी शिक्षकहरुका लागि आयोजना गरिएको पाँचदिने प्रशिक्षण कार्यक्रमलाई भिडियो कन्फ्रेन्समार्फत् आज उद्घाटन गर्दै प्रचण्ड सो कुरा बताएका हुन्।

कोरोना महामारीले सिङ्गै विश्वलाई प्रभावित बनाएको स्मरण गर्दै उनले यसका विरुद्ध मानिसले जित्ने  विश्वास पनि व्यक्त गरे।

'हरेक सङ्कटसँग मानवजाति जुध्नु र सङ्कटबाट पार पाएर परिस्थिति अनुकूल नयाँ सामाजिक, सांस्कृतिक र आर्थिक व्यवस्था अनुकूल हुनु अहिलेको आवश्यकता हो,' उनले भने।

अध्यक्ष दाहालले नयाँ मानिस निर्माण गर्ने वैज्ञानिक र सांस्कृतिक सबै दृष्टिकोणले शिक्षकहरुको भूमिका  र आवश्यकता झनै बढेको बताए ।

हरेक नकारात्मकताभित्र मानिसहरुले सकारात्मकताको खोजी गरी विचार र शिक्षा प्रणालीको विकासका ठूलो योगदान दिनसक्ने सन्देश शिक्षकहरुले विद्यार्थी र अभिभावकसमक्ष लानुपर्नेमा उनको जोड थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell