PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

तस्विरमा हेरौं कालापानी क्षेत्रका मनमोहक दृश्य

तस्विरमा हेरौं कालापानी क्षेत्रका मनमोहक दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: भारतद्वारा अतिक्रमित नेपाली भूमि दार्चुलाको कालापानी क्षेत्रमा बुधवार सशस्त्र प्रहरी बलको बीओपी स्थापना भयो। प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको फौज कालापानी क्षेत्रको नेपाली गाउँ छाङरुमा खटिएको छ।

छाङरुमा बीओपी स्थापना गर्न काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सशस्त्र प्रहरी बलका एआईजी नारायणबाबु थापा र गृहमन्त्रीका सुरक्षा सल्लाहकार गएका थिए।

दार्चुला हुँदै कालापानीबाट १० किलोमिटर वर छाङरुसम्म जाँदा सशस्त्रका एआईजी थापाले विकट तर प्राकृतिक सम्पदाले भरिपूर्ण सो क्षेत्रका मनमोहक दृश्यहरु कैद गरेका छन्।

दृश्यमा कालापानी र लिपुलेकमाथिको हिमाल देखिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell