PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

लस एन्जल्समा पुरस्कृत ‘जुनुको जुत्ता’को अन्तर्राष्ट्रिय प्रिमियर जर्मनीमा



पहिलोपोस्ट

लस एन्जल्समा पुरस्कृत ‘जुनुको जुत्ता’को अन्तर्राष्ट्रिय प्रिमियर जर्मनीमा

काठमाडौं :  नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’को अन्तर्राष्ट्रिय प्रिमियर हुँदैछ। बुधवारदेखि सुरु भएको ‘इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’मा फिल्म देखाइन लागेको हो।

'जुनुको जुत्ता'ले हालै अमेरिकाको लस एन्जेल्स इन्टरनेशनल फिल्म फेस्टिभलको ‘इन्डि सर्ट फेस्ट’मा ‘बेस्ट चिल्ड्रेन सर्ट फिल्म’ अवार्ड जितेको थियो। विश्वको प्रतिष्ठित र पुरानो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ६६ औं संस्करणमा भने यो फिल्म आम दर्शकका लागि प्रदर्शन हुन लागेको हो।

केदार श्रेष्ठ निर्देशित फिल्म अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिशन’ विधा अन्तर्गत आउँदो शनिबार मे १६ मा प्रिमियर हुन लागेको हो।

सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन यस पटक कोरोना प्रभावका कारण अनलाइन संस्करण आयोजना भएको हो।

‘जुनुको जुत्ता’ जुत्ता’ चप्पल उल्टो लगाउने सानी नानीको कथा हो। उनको वरिपरीका आमा, शिक्षक लगायतबाट चप्पल ‘सुल्टो’ नलगाउँदा गाली पाउँछिन्। र, चप्पल उल्टो नलगाउने उपायको खोजीमा लाग्छिन्।

ह्यापी ह्यूज प्रोडक्सन, थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयुक्त निर्माण रहेको ‘जुनुको जुत्ता’लाई यशु श्रेष्ठको कथाबाट प्रभावित भएर निर्देशक श्रेष्ठ स्वयंले लेखेका हुन्। सरुन मानन्धरले खिचेको फिल्मलाई विप्लपराज पोखरेलले सम्पादन गरेका हुन्।

फिल्ममा ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्क कुमारी लगायतको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell