PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

धनुषाको शहीदनगरमा लकडाउन कडाई, स्वास्थ्यबाहेक सबै सेवा बन्द



पहिलोपोस्ट

धनुषाको शहीदनगरमा लकडाउन कडाई, स्वास्थ्यबाहेक सबै सेवा बन्द

जनकपुरधामः प्रदेश २ मा तीव्र गतिमा बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै धनुषाको शहीदनगर नगरपालिकाले लकडाउनमा कडाई गरेको छ।

जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले स्वास्थ्यबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको हो।

नगरप्रमुख उदयकुमार बरबरियाले जोखिमबाट बच्न बन्दाबन्दीको पालना गर्नु अत्यावश्यक भएकाले स्वास्थ्यबाहेक सम्पूर्ण कार्यालय बिहीबारदेखि जेठ ५ गतेसम्मका लागि बन्द गरिएको जानकारी दिए।

बरबिरयाले भने, ‘सबैभन्दा बढी संक्रमित प्रदेश २ मा छन्। आ-आफ्नो ठाउँबाट आफैँ सचेत नभए स्थिति भयावह हुनसक्छ। अत्यावश्यक कामबाहेक घरबाट निस्किने काम बन्द गर्नुस्।’

प्रदेश २ मा ९५ जना संक्रमित छन्। धनुषामा २ जनामा संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell