PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

२८ जिल्लामा कोरोना परीक्षण बढाउने सरकारको योजना,  बिहीबार घट्यो पीसीआर परीक्षण



पहिलोपोस्ट

२८ जिल्लामा कोरोना परीक्षण बढाउने सरकारको योजना,  बिहीबार घट्यो पीसीआर परीक्षण

काठमाडौँः कोरोनाबाट बढी प्रभावित २८ जिल्लामा परीक्षणको दायरा बढाउने योजना सरकारले बनाएको छ।

प्रदेश १, २, ५ तथा  सुदूरपश्चिममा परीक्षण बढाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले परीक्षण २८ जिल्लामा परीक्षण दायरा बढाउने योजना रहेको बताएका छन्। संक्रमितको संख्या बढ्न थालेपछि सरकारले २८ जिल्लामा दायरा बढाउने निर्णय गरेको हो।

बिहीबार साँझसम्म २४६ जना संक्रमित भेटिएका छन्। ३५ संक्रमित निको भएर घर फर्किसकेका छन्।

तराईका अधिकांश जिल्लामा संक्रमण बढी देखिएको छ भने हिमाली जिल्लामा अहिलेसम्म संक्रमण भेटिएको छैन।

भारतबाट अवैध बाटो हुँदै तराइका विभिन्न जिल्ला तथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा धेरै नेपाली आएका छन्। उनीहरुका कारण संक्रमणको उच्च जोखिम छ।

सरकारले बिहीबारसम्म २२ हजार ६६४ पीसीआरबाट परीक्षण गरेको छ।

फेरी घट्यो पीसीआर परिक्षण, आरडीटीको संख्या बढदै

एक हजार ३६३ को बिहीबार पीसीआर परीक्षण गरिएको छ। बुधबार दुई हजार बढीको पीसीआर गरिएकोमा बिहीबार त्यो संख्या घटेर १४ सयको हाराहारीमा झरेको हो।

आरडीटी परिक्षणको संख्या ६२ हजार ३२७ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता देवकोटाले २ हजार ८ जनाको बिहीबार आरडीटी गरिएको बताए। बुधबार ६ सयको मात्रै आरडीटी गरिएको थियो।

मन्त्रालयका अनुसार देशभर ५३ हजार ८३५ क्वारेन्टाइन बेड छन्। १५ हजार ६०० जना क्वारेन्टाइनमा छन्। आइसोलेसनमा बस्नेको संख्या २७२ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell