PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ललितपुरमा घरधनीलाई 'हिटलरको उर्दी', डेरावाललाई घर प्रवेश गर्न नदिनू



पहिलोपोस्ट

ललितपुरमा घरधनीलाई 'हिटलरको उर्दी', डेरावाललाई घर प्रवेश गर्न नदिनू

काठामाडौं: ललितपुर महानगरपालिका ६ ले बाहिरी जिल्ला र विदेशबाट आएकाहरुलाई प्रवेश नदिने भएको छ। वडाध्यक्ष हिटलर शाक्यले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण फैलन सक्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्म वडा प्रवेश गर्न नदिने जानकारी दिएका छन्।

लकडाउनको अविधमा उपत्यकाबाहिर गएका व्यक्तिहरुलाई घर प्रवेश नदिने सूचित गर्न पनि उनले वडावासीलाई निर्देशन दिएका छन्। घरधनीहरुले सूचना लुकाई प्रवेश दिएमा त्यस्ता घरहरु सिल गर्ने पनि विज्ञप्तिमार्फत् जनाएका छन्।

त्यस्तै क्वारेन्टाइनको खर्च घरधनीले ब्यहोर्नु पर्ने र संक्रमित भएमा घरधनीले क्षतिपूर्तिको ब्यवस्था गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ।

वडामा बाहिरी मानिसहरुको आवातजावातलाई रोक्नका लागि टोलभित्र फलफूल, तरकारी तथा अन्य खाद्यान्न पसल तोकिएको समयमा मात्र समाजिक दूरी कायम गरी सञ्चालन गर्न पनि आग्रह गरिएको छ।

संक्रमण अझै बढ्दै गएमा र आवश्यक परेको खण्डमा टोल सिल गर्न पनि शाक्यले आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell