PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश



रासस

पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमणबाट नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले बिहीवार कोरोना भाइरसको महामारीबाट बच्न पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन अन्तरिम आदेश जारी गरेको हो।

आदेशमा भनिएको छ, ‘हालको परिस्थितिमा तत्काल रोग नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्नुपर्ने अवस्था रहेकाले तत्काल पीसीआरको दायरा बढाउनेतर्फ र सोको अभाव नहुनेतर्फ आवश्यक पहल गर्न अन्तरिम आदेश जारी गरिदिएको छ।’

अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले उक्त आदेश जारी गरेको हो। साथै आदेशमा महामारी नियन्त्रणमा सरकारले गरेका कामहरुका बारेमा १५ दिनभित्र लिखित जवाफ दिनसमेत भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell