PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

सबै स्वास्थ्यकर्मीको कोभिड-१९ परीक्षण गरिने, आजैबाट भयो शुरु



रासस

सबै स्वास्थ्यकर्मीको कोभिड-१९ परीक्षण गरिने, आजैबाट भयो शुरु

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्ने भएको छ। स्वास्थ्यकर्मीले कुनै पनि बिरामीको उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पीसीआर विधिबाट परीक्षण गरिने भएको मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले जानकारी दिए। उनका अनुसार बिहीवारदेखि स्वास्थ्यकर्मीको परीक्षण शुरु गरिएको छ।

यसैगरी, मन्त्रालयले उपत्यकामा रहेका सुरक्षाकर्मी, मजदुर र पत्रकारको पनि कोभिड-१९ परीक्षण गर्ने भएको छ। उनीहरु लकडाउनको समयमा पनि काममा खटिरहेकाले सबैको परीक्षण गरिने उनले बताए। उनीहरुको परीक्षणका लागि मन्त्रालयले कार्यविधि बनाइरहेको छ। केही दिनअघि दुई पत्रकार र केही सुरक्षाकर्मीमा कोभिड-१९ को संक्रमण देखिएको थियो। अहिलेसम्म पीसीआर २२ हजार ६६४ को र आरडीटी परीक्षण ६२ हजार ३२७ जनाको गरिएको छ।

त्यस्तै, मन्त्रालयले क्वारेन्टाइनमा रहेका सबैको कोभिड-१९ परीक्षण गर्ने भएको छ। यही जेठ ५ गतेभित्र क्वारेन्टाइनमा रहेका सबैको आरडीटी र पीसीआर विधिबाट परीक्षण गर्ने विज्ञ सल्लाहाकार डा कार्कीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell