
काठमाडौं : आज बिहान ९ जना थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ५८ पुगेको छ।
नेपालगञ्जमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बाँके नरैनापुर वडा १,३ र ५ का १८ देखि ३६ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको हो।
यस्तै वाग्मती प्रदेशको मकवानपुरमा समेत भाइरसको संक्रमण देखिएको छ। मकवानपुरका ३७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। यससँगै नेपालभर २ सय ५८ मा संक्रमण देखिएको छ।