PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

गणेश मन्दिरमा चोरी गर्दै गर्दा पक्राउ



पहिलोपोस्ट

गणेश मन्दिरमा चोरी गर्दै गर्दा पक्राउ

काठमाडौं: प्रहरीले लकडाउनको मौका छोपी मन्दिरमा चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बुधवार राती काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ स्थित आनन्द गणेश मन्दिरमा चोरी गर्दै गर्दा नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा सिन्धुली साङवाले गाउँपालिकाका १९ वर्षीय सुजन तामाङ र भोजपुरका २० वर्षीय पृथ्वी विक रहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरूले मन्दिरको मूल ढोका फोडी भित्र रहेको दान बाकसबाट दश हजार रुपैयाँ, मन्दिर परिसर भित्र रहेको भालेश्वर महादेवको ढलोटको मूर्ति र तीन हजार समेत चोरी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell