A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6997453e3802e0.37839445): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6997453e3802e0.37839445,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6997453e383d91.14543854): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6997453e383d91.14543854,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6997453e3ccb97.45409875): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6997453e3ccb97.45409875,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

दूधको ट्याङ्करमा लुकाएर कपिलवस्तुदेखि काठमाडौं : तिनैमा देखियो कोरोनाको संक्रमण
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

दूधको ट्याङ्करमा लुकाएर कपिलवस्तुदेखि काठमाडौं : तिनैमा देखियो कोरोनाको संक्रमण



विधुर ढकाल

दूधको ट्याङ्करमा लुकाएर कपिलवस्तुदेखि काठमाडौं : तिनैमा देखियो कोरोनाको संक्रमण

काठमाडौं : काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि भर्ना भएकी ६ वर्षीया बालिकालाई उनका आफन्तले दूधको ट्याङ्करमा काठमाडौंसम्म ल्याएको खुलेको छ।

कपिवलस्तुको वाणगंगा नगरपालिका वडा नं ४ की बालिकालाई उनकी आमा र हजुबुबाले दूधको ट्याङ्करमा लुकाएर काठमाडौं ल्याएको खुलेको हो।

उपचारका लागि काठमाडौं ल्याउने क्रममा अरु साधन नपाएपछि दूधको ट्यांकरमा लगेको वडा अध्यक्ष गणेशबहादुर क्षेत्रीले जानकारी दिए।

'हामीलाई उपचारका लागि जानुपर्‍यो सिफारिस लेख्दिनुस् भनेर आउनु भएको थियो। हामीले सिफारिस गर्ने अधिकार छैन खाली अनुरोधपत्र लेख्दिन सक्छौं भनेर एउटा पत्र लेखिदिएका थियौं,' उनले भने, 'एम्बुलेन्समा जानुहुन्छ भन्ने लागेको थियो। हामीलाई निजी गाडीमा जाने भन्नु भएको थिएन। पछि थाहा भयो, उहाँहरु दूधको ट्यांकरमा जानु भएको रहेछ।'

वाणगंगामा आफन्तको दूध डेरी भएको र त्यही डेरीको ट्याङ्करमा लुकाएर बालिकालाई काठमाडौंसम्म पुर्‍याइएको पछिमात्र थाहा भएको उनले बताए।

'आफन्तको डेरी ट्याङ्कर चालक पनि स्थानीय र चिनेकै भएपछि उहाँहरुलाई लुकेर जान सजिलो भयो,' वडा अध्यक्ष क्षेत्रीले भने।

बालिकालाई यसअघि पनि घाँटीको समस्या भएकोले शल्यक्रियासमेत गरिएको थियो। बिहीवार पनि उनको शल्यक्रियाको तयारी थियो। शल्यक्रिया अगाडि कोरोना भाइरसको परीक्षण गर्दा नतिजा पोजेटिभ आयो।

यसैबीच काठमाडौंमा बालिकालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि वाणगंगा नगरपालिकाको वडा नं ४ का दुई वटा टोल सिल गरिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए।

'हामीले ती बालिकाको टोल र ट्याङ्कर चालकको टोललाई पूर्ण रुपमा सिल गरेका छौं। डेरी र ट्याङ्कर नियन्त्रणमा लिएर डिसइन्फेक्ट गर्‍यौं,' उनले भने, 'बालिकाको परिवारका अन्य सदस्यहरु, डेरी सञ्चालकको परिवार र चालकको परिवारलाई क्वारेन्टाइनमा राखिसकेका छौं।'

उनीहरु सबैको स्वाब संकलन गरी परीक्षणका लागि पठाउने तयारी भइरहेको वडा अध्यक्ष क्षेत्रीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell