PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

१५ दिन सरकारी कार्यालय बन्द गर्न गृह मन्त्रालयमा बसेको बैठकको सिफारिस



सविन ढकाल

१५ दिन सरकारी कार्यालय बन्द गर्न गृह मन्त्रालयमा बसेको बैठकको सिफारिस

काठमाडौं : गृह मन्त्रालयमा बिहीवार बसेको बैठकले १५ दिनको लागि सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको छ।

उपत्यकाभित्र पछिल्ला दिनमा कोरोना संक्रमितको सङ्ख्या थपिँदै गएकाले अत्यावश्यक बाहेक अन्य सम्पूर्ण कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो। उपत्यकाभित्रका तीनवटै जिल्ला प्रशासन कार्यालका प्रमुखले सरकारी कार्यालय बन्द गर्ने विषयमा सहमति जनाएका छन्।

'हामीले १५ दिनका लागि सरकारी र अन्य पसलहरु बन्द गर्ने निर्णय गरेका हौं,' बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारी भने।

त्यस्तै, बैठकले अत्यावश्यक बाहेकका पसलहरु पनि बन्द गर्ने निर्णय भएको छ। नाकालाई थप कडाइ गर्न सेना परिचान गर्न समेत छलफल भएको बैठकमा सहभागी एक अर्का सदस्यले जानकारी दिए। बैठकले गरेको निर्णय सरकारले कोरोना रोकथामको लागि गठन गरेको उच्चस्तरीय समन्वय समितिका र क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)मा पठाउनु पर्छ। समितिले निर्णयलाई उचित ठानेमा फेरी निर्णय सहितको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पठाउँछ। मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछिमात्र यो निर्णय कार्यान्वयमा आउने छ।

'सकारी कार्यालय, पसल बन्द गर्ने विषयमा छलफल भएको छ। हामी बन्द गर्ने निर्णयमा पुगेका हौं। तर, निर्णय माथि पठाइसकेका छौं,' बैठकका ती सहभागीले भने।

सरकारले केहीदिनदेखि शर्त सहित केही व्यवसाय, उद्योग, बैंक तथा वित्तीय सस्थालाई संचानल गर्न अनुमति दिइएको छ। बैठकले नै सिडिओ कार्यालयले जारी गरेका सबै पासहरु खारेज गर्नसमेत निर्णय गरेको थियो जुन लागू भइसकेको छ।

बैठकमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, महानगरपालिकाका मेयर लगायत गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरु सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell