PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

'चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार' हस्तान्तरण समारोह स्थगित



पहिलोपोस्ट

'चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार' हस्तान्तरण समारोह स्थगित

काठमाडौं : यस वर्षको 'चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार' हस्तान्तरण कार्यक्रम यस वर्षका लागि स्थगित भएको छ।

हरेक बर्ष जेष्ठ ७ गते चलचित्र पत्रकार संघ नेपाल स्थापना दिवसको अवसरमा दुई जना चलचित्र पत्रकारलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान, दुई जनालाई चलचित्र पत्रकारिता पुरस्कार र एक जनालाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित गरिँदै आएको थियो। यस वर्ष भने कोरोना भाइरसविरुद्ध सावधानी अपनाउँदै कार्यक्रम स्थगित गरिएको हो।

संघले जारी गरेको विज्ञप्तीमा अर्को वर्ष पुरस्कार रकममा बढोत्तरीका साथ मोफसलबाट पनि थप एक जनालाई 'मोफसल चलचित्र पत्रकारिता पुरस्कार' प्रदान गरिने बताइएको छ।

यस पटक डिजिटल प्लेटफर्ममार्फत् संघको २१ औं वार्षिक उत्सव मनाउने समेत जनाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell