PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

भारतमा कोरोना भाइरस : संक्रमितको संख्या करिव ८२ हजार, मर्ने २६ सय बढी



पहिलोपोस्ट

भारतमा कोरोना भाइरस : संक्रमितको संख्या करिव ८२ हजार, मर्ने २६ सय बढी

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८१ हजार ९ सय ७० पुगेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्याङ्क अनुसार संक्रमणकै कारण मृत्यु हुनेको संख्या २ हजार ६ सय ४९ पुगे।

संक्रमितमध्य २७ हजार ९ सय २० जना उपचार पछि संक्रमण मुक्त भएको जनाइएको छ। भारतमा महाराष्ट्र सर्वाधिक प्रभावित राज्य हो। त्यहाँ २७ हजार ५ सय २४ जना संक्रमित छन्। जसमध्य १ हजार १९ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै तमिलनाडुमा ९ हजार ६ सय ७४ जना संक्रमित छन्। तीमध्य ६६ जनाको मृत्यु भयो। संक्रमणको हकमा तेस्रो स्थानमा गुजरात छ। त्यहाँ ९ हजार ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमणकै कारण मर्नेको संख्या ५ सय ८६ रहेछ।

त्यस्तै दिल्‍लीमा ८ हजार ४ सय ७० जनामा संक्रमण देखिएको छ। मृतकको संख्या १ सय १५ रहेको छ।

पश्चिम बंगालमा संक्रमितको संख्या २ हजार ३ सय ७७ पुग्दा मर्नेको संख्या २ सय १५ रहेको छ। मध्य प्रदेशमा भने २ सय ३७ जनाको मृत्यु भइसकेको छ।

बीबीसी हिन्दीमा जनाए अनुसार मे १४ सम्ममा भारतमा १९ लाख ४१ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण परीक्षण भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell