PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सचिवालय बैठक सकिएसँगै प्रधानमन्त्री ओली राष्ट्रपति निवासतिर



कुञ्जरमणि भट्टराई

सचिवालय बैठक सकिएसँगै प्रधानमन्त्री ओली राष्ट्रपति निवासतिर

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास लागेका छन्। राष्ट्रपतिले आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन्।

सचिवालय बैठक नीति तथा कार्यक्रममा सुझाव लिनका लागि नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले आज बिहान बैठक डाकेका थिए। बैठक सकिएलगत्तै प्रधानमन्त्री यसै विषयमा छलफलका लागि शितल निवास गएका हुन्।

'प्रधानमन्त्रीले नीति तथा कार्यक्रमका लागि सुझाव दिन आग्रह गर्नुभयो। महत्वपूर्ण सुझावहरु आएका छन्,' बैठकबारे जानकारी दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। तर, नेताहरुले केकस्ता सुझाव दिएको भन्ने चाहिँ उनले खुलाएनन्।

सरकारका नीति तथा कार्यक्रम आज दिउँसो ४ बजे संसदमा प्रस्तुत हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell