PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरमा देखियो कोरोना भाइरसको संक्रमण



पहिलोपोस्ट

विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरमा देखियो कोरोना भाइरसको संक्रमण
Getty Images

बंगलादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण फैलिएको छ। रोहिंगा शरणार्थी शिविरका दुई मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। दुवै शिविरभित्र रहेको डुंगा बजारका हुन्।

उक्त शिविरमा दश लाख रोहिंगा छन्।

बंगलादेशका सरकारी अधिकारीहरुले बीबीसीलाई दिएको जानकारी अनुसार दुवै संक्रमितको आइसोलेसनमा उपार भइरहेको छ। त्यस्तै करिव १ हजार ९ सय शरणार्थीहरुलाई परीक्षणका लागि आइसोलेसनमा राखिँदै छ।

'संसारकै ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण पसिसकेको छ। रोकथाम गर्न नसके हजारौं मानिस कोभिड-१९ का कारण मर्न सक्छन्', बंगलादेशको सेभ द चिल्ड्रेनका स्वास्थ्य निर्देशक डाक्टर शहमिम जहानले भने। उनले महामारीका कारण बंगलादेश एक दशक पछि धकेलिने अनुमान गरेका छन्।

यस शिविरमा मार्च १४ देखि लकडाउन जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell