PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लकडाउनको समयमा चोरी : चुरोटदेखि मदिरासम्म !



पहिलोपोस्ट

लकडाउनको समयमा चोरी : चुरोटदेखि मदिरासम्म !

काठमाडौं : लकडाउनको कारण धेरै पसलहरू बन्द छन्। यही मौका छोपेर चोरहरूले चोरी गर्ने गरेका छन्। मकवानपुर प्रहरीले यसरी मौका छोपेर चोरी गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर बस्ने वर्ष १९ वर्षीय दीपेश देउजालाई पक्राउ गरेको हो।

देउजाले वैशाख २६ गते राति जिल्ला मकवानपुर,बकैया गाउँपालिका वडा नम्बर ४ जुरेली बस्ने होमनाथ फुयालले सञ्चालन गर्दै आएको फुयाल किराना पसल र सप्लायर्समा १२ लाख रुपैयाँको समान चोरी गरेका थिए।

पसलमा रहेको रिचार्ज कार्ड, चुरोट,  मदिरा, साबुन, मन्जन, स्याम्पु, नरिवल लगायतका सामानहरू गरेर १२ लाख १० मूल्य बराबरको सामान चोरी भएको देखिएको छ।

प्रहरी चौकी हात्तीसुढे मकवानपुरबाट प्रहरी सहायक निरीक्षक कृष्णराज गौतमको कमान्डमा खटिएको टोलीले देउजालाई नियन्त्रणमा लिएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। चोरी तथा डाँका सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell