PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

स्थायी कमिटीको विषयमा नीति तथा कार्यक्रमपछि छलफल हुन्छ : नारायणकाजी श्रेष्ठ



पहिलोपोस्ट

स्थायी कमिटीको विषयमा नीति तथा कार्यक्रमपछि छलफल हुन्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चित भएको छ।

दुई पटक स्थगित भइसकेको बैठकका विषयमा आजको सचिवालय बैठकमा कुनै टुंगो नलागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले बैठकको विषयमा सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने बताए।

'स्थायी कमिटीको बैठककमा विषयमा कुनै टुंगो भएको छैन, नीति तथा कार्यक्रमपछि सचिवालय बैठकका बीचमा छलफल होला,’ उनले भने।

नेकपाको स्थायी कमिटी वैशाख २५ गतेका लागि बोलाइएको बैठक २४ गते स्थगित भएको थियो। बैठकको एजेण्डा तय गर्न बसेको सचिवालयमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बीचैमा थाके भनेर हिँडेपछि बैठक स्थगित भएको थियो।

त्यसपछि ३१ गतेका लागि निर्धारण गरेको बैठक कोरोना कारण देखाउँदै स्थगित भएको थियो। स्थायी कमिटी बैठकको माग गर्दै १० गते २० सदस्यहरुले अध्यक्षलाई लिखित पत्र बुझाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell