PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

अमेरिकामा तीन करोड ६० लाखभन्दा धेरै बेरोजगार, निम्न आय भएका बढी प्रभावित



पहिलोपोस्ट

अमेरिकामा तीन करोड ६० लाखभन्दा धेरै बेरोजगार, निम्न आय भएका बढी प्रभावित
Photo : Angela Weiss/AFP

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश अमेरिकामा तीन करोड ६० लाखभन्दा बढी मानिसले रोजगार गुमाएका छन्। त्यहाँ बेरोजगारको संख्या सन् १९३० पछि को सबैभन्दा बढी हो।

गत वर्ष अक्टोबरमा मात्रै अमेरिकाको इतिहासमै सबैभन्दा बढी रोजगारी सिर्जना भएको थियो। अवसर बढ्दा बेरोजगार भत्ताका लागि आवेदन दिनेको संख्यामा कमी आइसकेको थियो।

कोरोना भाइरस संक्रमण र लकडाउनका कारण भने धेरैको रोजगारीमा असर परेको छ। आयआर्जन प्रभावित बेरोजगार भत्ताका लागि आवेदन दिने बढ्न थालेको सिएनएनले जनाएको छ।

बेरोजगार हुनेहरुमा धेरै निम्न आय भएका करिब ४० प्रतिशत कामदार छन्। अमेरिकाको बेरोजगारी दर गत महिनामै १५ प्रतिशत पुगिसकेको थियो। अहिले ३० लाख मानिस मात्र काममा सक्रिय रहेको द गार्जियनले जनाएको छ

त्यहाँ १४ लाख ५० हजारभन्दा बढी अमेरिकी संक्रमित छन् भने ८५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell