PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

बाँके नैनापुरका सबै ८ संक्रमित तीन दिन अगाडि नेपाल आएका



पहिलोपोस्ट

बाँके नैनापुरका सबै ८ संक्रमित तीन दिन अगाडि नेपाल आएका

काठमाडौं : आजमात्र बाँकेको नैनापुरमा कोरोना भाइरसको संक्रमणबाट पुष्टि भएका ८ संक्रमितहरु सबै भारतबाट आएको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिएका छन्।

'उनीहरु सबै दुई तीन दिन अगाडि मात्र नेपाल आएका हुन्,' अध्यक्ष शाहले भने, 'खुला सीमानाका कारण नेपाल प्रवेश गर्नेहरु छन्। उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ।'

गाउँपालिकाको वडा नं १ र ३ को क्वारेन्टाइनमा राखिएका एक/एक जना र वडा नं ५ को क्वारेन्टाइनमा राखिएका वडा नं ५ र ६ का ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको उनले बताए।

अहिलेसम्म स्वास्थ्य कार्यालयबाट पूर्ण जानकारी नआइसकेको भन्दै समन्वय गरिरहेको उनले जानकारी दिए।

वडा नं १ मा देखिएका संक्रमित लखनपुर देखि नेपाल प्रवेश गरेको वडाध्यक्ष मोल्हे बेहना शेषले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell