PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

कोरोना उच्चस्तरीय समितिको बैठक जारी, मन्त्रिपरिषद् बैठक पनि बस्दै



पहिलोपोस्ट

कोरोना उच्चस्तरीय समितिको बैठक जारी, मन्त्रिपरिषद् बैठक पनि बस्दै

काठमाडौं : कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी रहेको बैठकमा लकडाउनलाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको हो।

पछिल्लो समय कोरोना संक्रमितको संख्या थपिँदै गएको छ। त्यस्तै लकडाउनको पछिल्लो पटक थपिएको अवधी पनि जेठ ५ गते सकिँदैछ। मंगलवार बसेको मन्त्रपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा लकडाउन प्रभावकारी नभएको भन्दै असन्तुष्टि प्रकट गरेका थिए।

आजै साढे २ बजेका लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक पनि डाकेका छन्। सरकारले आजै नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम पेश गर्नेछिन्। मन्त्रिपरिषद्को बैठकमा नीति तथा कार्यक्रम र कोरोनाका विषयमा छलफल हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell