PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

साउदीमा ४७ हजार संक्रमित : ६ सय बढी नेपाली, महिला र बालबालिका बढी प्रभावित



पहिलोपोस्ट

साउदीमा ४७ हजार संक्रमित : ६ सय बढी नेपाली, महिला र बालबालिका बढी प्रभावित

साउदी अरबमा हालसम्म ४६ हजार ८ सय ६९ मानिसमा कोरोना भाइरस संक्रमण दिखएको छ। जसमध्य ७७ प्रतिशत संक्रमित मक्का, रियाद, जेद्दा, मदीना र दम्माम शहरमा छन्। तीमध्य पनि सर्वाधिक धेरै मक्कामा छन्।

मक्कामा कुल ९ हजार ९ सय मानिसमा संक्रमण पुष्टि भएको छ। त्यस्तै रियादमा ८ हजार ४ सय ३० मा संक्रमण देखियो। जेद्दा र मदीनामा क्रमश: ८ हजार ३४ र ६ हजार ७सय ६८ जनामा संक्रमण देखिएको हो।

विहीवार मात्र साउदी अरबमा संक्रमण २ हजार ३९ नयाँ केस देखियो। यो हालसम्‍मको उच्च दैनिक संक्रमण दर हो। अल अरबियाले जनाए अनुसार सर्वाधिक धेरै संक्रमित बालबालिका छन् र त्यस पछि महिला। संक्रमित मध्य २ सय ८३ जनाले ज्यान गुमाइ सकेका छन्।

त्यहाँ हालसालै ५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिइएको छ।

कोरोना भाइरस संक्रमणका कारण सिर्जित संकटले काँचो तेलको मूल्यमा भारी गिरावट भएको छ। जसका कारण त्यहाँको अर्थव्यवस्थामा समेत असर परेको छ। साउदी अरबमा कर ५ प्रतिशतबाट बढे १५ प्रतिशतसम्म पुगेको छ। त्यस्तै हर महिना कर्मचारीहरुलाई दिने गरेको भत्तामा पनि रोक लगाइएको छ।

गत वर्षदेखि नै तेलको मूल्य घट्‍दा साउदी अरबको राजस्व संकलन २२ प्रतिशत कम भएको थियो। कोरोना भाइरस संक्रमणले झन् ठूलो असर पारेको छ। साउदीले सम्पूर्ण ठूला 'प्रोजेक्ट'हरु हाललाई स्थगित गर्‍यो। 

नेपाली दूतावास रियादका अनुसार हालसम्म साउदी अरबमा रहेका ६ सय ७४ नेपालीमा संक्रमण पुष्टि भएको छ। जसमध्य ११ महिला हुन्। यो देशबाहिर संक्रमित नेपालीको उच्च संख्या हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell