PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रधानमन्त्रीको फोटो तोडमोड गरेर सामाजिक सञ्जालमा लेख्ने पक्राउ



पहिलोपोस्ट

प्रधानमन्त्रीको फोटो तोडमोड गरेर सामाजिक सञ्जालमा लेख्ने पक्राउ

काठमाडौं: नेपाल प्रहरीको साइबर ब्यूरोले प्रधानमन्त्री केपी शर्माको तस्विर तोडमोड गरेर सामाजिक सञ्जालमा जथाभावी लेख्ने एक जनालाई पक्राउ गरेको छ।

विद्युतीय कारोवार ऐन २०६३ विपरित प्रधानमन्त्री ओलीसहित अन्य विशिष्ट व्यक्तिको फोटोको स्वरुप परिवर्तन गरेर सार्वजनिक नैतिकता, शिष्टारचारविरुद्धको सामग्री प्रकाशन गरी घृणा, द्वेश फैलाउने हिसाबले गैरकानुनी कुरा प्रकाशन गरेको आरोपमा सिन्धुली तिनपाटन १ बेलघारीका २२ वर्षीय मधु पौडेल भनिने तोरुणराज पौडेललाई पक्राउ गरेको छ।

पौडेललाई जिल्ला अदालत काठमाडौंमा पेश गरी ५ दिनको म्याद थप लिई अनुसन्धान कार्य भइरहेको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell