PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

भारतीय सेना प्रमुखको आरोप : कसैको (चीन) इसारामा नेपालले लिपुलेकको कुरा उठायो



पहिलोपोस्ट

भारतीय सेना प्रमुखको आरोप : कसैको (चीन) इसारामा नेपालले लिपुलेकको कुरा उठायो

काठमाडौं : नेपालले अर्कैको इसारामा लिपुलेकको विषयमा कुरा उठाएको आरोप भारतीय सेना प्रमुख मनोज मुकन्द नरवानेले लगाएका छन्। उनले भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने गरी बनाएको बाटोमा कुनै विवाद नभएको भन्दै उनले यस्तो आरोप लगाएका हुन्।

शुक्रवार भारतीय सेना प्रमुखले कुनै पनि देशको नाम नलिइकन अर्कैको इसारामा नेपालले यस विषयमा मुद्दा उचालेको आरोप लगाएका हुन्। उनले नाम नलिए पनि उनको संकेत चीनप्रति थियो।

नेपालले भारतले बनाएको सडकको विरोध जनाइरहेको छ। नेपाली भूमि लिपुलेकमा भारतले सडक उद्घाटन गरेसँगै नेपाल सरकारले कुटनीतिक नोट बुझाउँदै विरोध गरेको छ।

‘नेपाली राजदूतले भनेका छन् कि काली नदीको पूर्वको भूभाग नेपालको भनेका छन्। यसमा कुनै द्विद्वा रहेन्। सडक काली नदीको पश्चिममा बनेको छ। त्यसैले पनि मलाई थाहा छैन कि उनीहरुले के कुरामा विरोध जनाइरहेका छन्,’ भारतीय थिंक ट्यांकले आयोजना गरेको वेविनारमा उनले भने।

उनले यस विषयमा विगतमा कुनै पनि विवाद नभएको समेत दाबी गरेका छन्।

‘त्यसैले पनि यो विश्वास गर्न सकिन्छ कि उनीहरुले कसैको इसारामा यस विषयलाई उठान गरेका छन् जुन सम्भव पनि छ,’ सेना प्रमुख नरवानेले अगाडि भने, ‘यहाँ केही विषयमा केही अगाडि पुगेपछि त्रिदेशीय विन्दुमा पुगेपछि हुन सक्छन्।’

उनले यस विवादलाई गत साता लद्दाख पूर्व र उत्तरी सिक्किममा भएको घटनालाई समेत जोडेर हेर्नुपर्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell