PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

गाउँ गएकाहरु कीर्तिपुर नगरपालिकामा फर्किन कोरोना परीक्षण रिपोर्ट चाहिने



पहिलोपोस्ट

गाउँ गएकाहरु कीर्तिपुर नगरपालिकामा फर्किन कोरोना परीक्षण रिपोर्ट चाहिने

काठमाडौं: कीर्तिपुरमा कोठा भएर गाउँ गएकालाई अब फर्किन कोरोना भाइरस परीक्षण रिपोर्ट चाहिने भएको छ। रिपोर्ट नेगेटिभ भएमात्रै नगरपालिकामा प्रवेश गर्न पाइनेछ।

कीर्तिपुर नगरपालिकाले कोठामा लकडाउनका बेला फर्कनुपर्ने कुनै अत्यवश्यक काम भएमा आरडिटी वा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने निर्णय गरेको हो। लकडाउन अवधिमा कसैलाई कोठा भाडामा नदिन घरधनीलाई नगरपालिकाले आग्रह गरेको छ। 'नयाँ मानिसहरुलाई यस अवधिभर घरभाडामा नदिने, आफ्नो घरमा भाडामा बसेका व्यक्तिहरु हाल उपत्यका बाहिर रहेको भए यस अवधिमा घरमा आउन नदिने,' सूचनामा उल्लेख छ।

अत्यावश्यक काम परी आउनै परेमा कोरोना परीक्षण गर्न लगाई आरडिटी वा पीसीआर रिपोर्ट नेगेटिभ भएमात्र घरमा बस्न दिन घरबेटीलाई आग्रह गरिएको छ। अटेर गरेमा घरधनी र स्वयम् व्यक्ति जिम्मेवार हुने नगरपालिकोको सूचनामा जनाइएको छ।

नगरपालिकाले सवारी पास भएका सवारीसाधन बाहेकलाई निषेध गर्ने बताएको छ। खाद्यान्न, तरकारी, डेरी पसल लगायतका अत्यावश्यक पसल विहान ९ बजेसम्म मात्र सञ्चालन गर्न नगरपालिकाले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell