PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

स्वास्थ्य मन्त्रालयले भन्यो : अति आवश्यक नपरी अस्पताल नजानुस्



पहिलोपोस्ट

स्वास्थ्य मन्त्रालयले भन्यो : अति आवश्यक नपरी अस्पताल नजानुस्

काठमाडौं : सरकारले शुक्रवारसम्म २३ हजार ९ सय २४ जनाको पीसीआर प्रविधिमार्फत् कोरोना भाइरस परीक्षण गरेको छ। आरडीटीबाट ६३ हजार ८५ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १ हजार २ सय ५० जनाको गत २४ घण्टामा पीसीआर परीक्षण गरिएको बताए।

उनका अनुसार १५ हजार ६ सय ८३ जना क्वारेन्टाइनमा छन्। यस्तै आइसोलेसनमा बस्नेको संख्या शुक्रवार बढेको छ। कोरोना भाइरसको संभावित संक्रमितका रुपमा २ सय ६७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

उपत्यकामा मात्रै संम्भावित कोरनाका संक्रमित आइसोलेसनमा २७ जना छन्। ३ सय ६३ जना भने स्वमूल्याङ्कनमार्फत् रेड जोनमा परेका छन्।

उद्यपुरका एक पुरुष कोशी अस्पतालबाट डिस्चार्ज भएका छन्। जम्मा ३६ जना शुक्रवारसम्म निको भएका छन्।

शुक्रवार देखिएका ९ जना संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ जना पुगेका छन्। मन्त्रालयले अत्याश्यक नपरी कोही पनि अस्पताल नजान आग्रह गरेको छ।

अडियो मार्फत् सोधिएको प्रश्नमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कोही पनि अत्यावश्यक नपरी अस्पताल नजान आग्रह गरेका छन्। उनले जानै पर्ने भएमात्रै अस्पताल जान आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell