PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

दुई वर्षमा सरकारका काम उत्साहजनक : राष्ट्रपति भण्डारी



पहिलोपोस्ट

दुई वर्षमा सरकारका काम उत्साहजनक : राष्ट्रपति भण्डारी

काठमाडौं : सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले २ वर्षको अवधिमा उत्साहजनक काम गरेको बताएकी छिन्।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले विभिन्न सूचकाङ्कले सरकार सफल रुपमा अगाडि बढेको बताइन्। ती सूचकले सरकारको प्रभावकारिता पुष्टी उनले बताइन्।

त्यस्तै, संविधान कार्यन्वयनामा आएको तथा संघीयता कार्यान्वयनमा सरकारले काम गरेको उनले बताइन्। भण्डरीले संघ, प्रदेश र स्थानीय तह क्रियाशील भएको बताइन्। त्यस्तै राजनीतिक स्थायित्वमा समेत जोड दिइन् उनले।

राजनीतिक स्थायित्वले जनमतको सम्मान

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थायित्वले जनमतको सम्मान हुने बताएकी छिन्।

संसदमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्वले नीति बलियो हुने र त्यस्तो नीतिबाट आएको कार्यक्रम कार्यान्वयन हुने बताइन्। यसले जनमतको सम्मान हुने उनको भनाई छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता निम्त्याउने गरी ल्याएको राजनीतिक दल सम्बन्धी विधेयक हतार हतार पारित गरेकी राष्ट्रपतिले आजको सम्बोधनमा भने स्थायित्वलाई प्राथमिकता दिएकी छिन्। उनले ल्याएको अध्यायादेश पछि खारेज गरियो।

आजको सम्बोधनमा उनले दलहरुलाई जनादेशअनुसार भूमिका खेल्न, नेतृत्वको क्षमता विकास, विकासप्रति जिम्मेवार उत्तरदायी बनाउने बताइन्।

‘यसले लोकतान्त्रिक व्यवस्थालाई मजबुद बनाउँछ। यो सरकारको नीति स्पष्ट छ। कार्यान्वय परिणाममुखी छ,’ उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell